• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिग नकआउट चरणको ड्र सार्वजनिक, कुन टिम कोसँग खेल्छन् ? 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ टिमको ड्र सार्वजनिक भएको छ । सोमबार भएको ड्र मा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड फ्रान्सको क्लब पिएसजीसँग खेल्ने भएको छ । 

त्यस्तै स्पेनको चर्चित क्लब बार्सिलोना इङलिश प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने भएको छ । त्यस्तै प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड स्पेनिस क्लब सेभिल्लासँग परेको छ । 

त्यस्तै प्रिमियर लिगको हाल शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी स्विटजरल्याण्डको क्लब बसेलसँग खेल्ने भएको छ भने टोटनह्याम इटालियन क्लब युभेन्टससँग र लिभरपुल पोर्टोसँग खेल्ने भएको छ । 

त्यस्तै इटालियन कल्ब रोम शख्तर डोनेटस्कसँग, जर्मनी क्लब बायर्न म्युनिख बेसिकटससँग खेल्ने भएको छ । 

च्याम्पियन्स लिगका नकआउट स्टेजका खेलहरु आगामी फेब्रुअरी १३, १४ मा हुने छन् । होम र अवे गरी एक अर्काविरुद्ध खेल्ने छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै