• २०८१ बैशाख ७ शुक्रबार

कृषि बिकास बैकको न्युरोड शाखा घोटालाका थप फरार व्यक्तिहरु पक्राउ

kharibot

काठमाडौ । कृषि बिकास बैकको न्युरोड शाखा घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका थप फरार अभियुक्तहरु पक्राउ परेकाछन । 

केन्दिंय अनुसन्धान व्युरो (सिआईबी) ले कृषि बिकास बैकको न्युरोड शाखामा रकम स्थानान्तरण गरी चार करोड ९१ लाख रुपैयाँ भन्दा बढी घोटाला गरेको अभियोमगा संलग्न फरार प्रतिवादीहरु रामेछाप जिल्ला घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. ३२ वस्ने बर्ष ४७ को प्रेमहरी ढुङगेल, गोरखाको पालुङटार घर भई हाल काठमाडौंको ग्रिनल्याण्ड बस्ने ५६ बर्षिय गोपाल गिरी र गोरखाको बक्राङ घर भई हाल काठमाडौको चन्द्रागिरी बस्ने ३९ बर्षिय महेश्वर मरहठालाई पक्राउ गरेको हो । 

सिआईबीका अनुसार पक्राउ परेका मध्ये ढुंगेल कृषि बिकास बैकको न्युरोड शाखाका कामुख मुख्य शाखा प्रवन्धक हुन भने गिरी सोही शाखाका प्रमुख हुन । यसैगरी मरहठा भने सोही शाखामा कार्यरत कर्जा प्रमुख हुन । 

पक्राउ परेको यो समुहले कृषि बिकास बैंक लिमिटेड, रामशाहपथ, काठमाण्डौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब को रकम ट्रान्सफर भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्याअउने उद्धेश्यका साथमा बैंकको मौज्दात रकम करिव चार करोड एकानव्बे लाख हिनामिना गर्ने कार्यमा सहयोग गरेको देखिएको छ ।

सिआईबीका अनुसार उक्त प्रकरणमा संलग्न प्रतिबादी दिपीका रेग्मी समेत भएको वैंकिङ कसुर मुद्धाको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादी दिपीका रेग्मीको बयानबाट अनियमितता गर्ने कार्यमा संलग्न रहेको भनि खुलेका थप तीन व्यक्तिहरुलाई न्यृरोडबाट पक्राउ गरिएको हो । 

उनीहरुलाई यही मंसिर २४ गते पक्राउ गरी मंसिर २५ गते उच्च अदालत पाटन लगिएकोमा थप अनुसन्धाको लागि सात दिनको म्याद थप भएको सिआईबीले जानकारी दिएको छ । सिआईबीका अनुसार पक्राउ परेका सबै व्यक्ति उपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै