• २०८१ बैशाख ६ बिहीबार

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

kharibot

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्। 

सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे । 

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भउका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरे ।

नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे । 

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए । काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै