भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

खरीबोट

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्। 

सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे । 

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भउका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरे ।

नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे । 

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए । काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे । 

सम्बन्धित समाचार

२०७४ लाई राजनीतिक रुपमा फर्केर हेर्दा : राजनीतिक उथलपुथल र निर्वाचनको वर्ष

काठमाडौँ  ।  विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ ।  विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २०

पाकिस्तानको सर्वोच्च अदालतद्वारा नवाज सरिफलाई जीवनभर निर्वाचन लड्न अयोग्य घोषणा 

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अब जीवनभर निर्वाचन लड्न नपाउने गरि योग्य घोषणा गरको छ ।  प्रधानन्यायधिश सहितको ५ सदस्यीय न्यायधिश समुहले सुक्रबार गरेको फैसला अनुसार सरिफ अब

एमालेको प्रदेश ७ को बैठक जारी : निर्वाचनको समीक्षा हुदै 

धनगढी । नेकपा (एमाले) को सात नम्बर प्रदेश स्तरिय संगठन कमिटीको बैठक दुई दिनदेखि जारी रहेको छ ।  एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीका अनुसार बैठकमा हालै

अपराधीलाई संरक्षण दिने पार्टीले देशको हित गर्दैन : सांसद सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारी र अपराधीलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने बताएका छन् ।  भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविका संस्थापक एवं