• २०८१ बैशाख ८ शनिबार

ज्योति विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने

kharibot

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक बर्ष २०७३—०७४ मा आर्जन गरेको खुुद मुनाफा मध्येबाट १० प्रतिशत अर्थात २२ करोड आठ लाख ६३ हजार चार सय २० रुपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकका अनुसार सञ्चालक समितीको आइतबार बसेको दुुई सय ९० औं बैठकले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले यसअघि तीन जिल्ला कार्यक्षेत्र भएको राप्ती भेरी विकास बैंकलाई समेत प्राप्ती गरी कात्र्तिक आठ गतेबाट कारोवार सुरु गरेको र  राप्तीभेरीले आव २०७३—०७४ मा आर्जन गरेको खुद मुनाफा मध्येबाट तत्कालीन राप्ती भेरीकैं सेयरधनीहरुलाई छ प्रतिशत अर्थात् एक करोड छ लाख १८ सय रुपैयाँ बोनस सेयर दिने समेत जानकारी दिएको छ ।

लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती र ज्योतिको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै