• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : कारोबार रकम २७ प्रतिशतले घट्यो, झण्डै चार अर्बको खरिदबिक्री

kharibot

यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३४ हजार सात सय ७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ३० प्रतिशत कम हो ।

गत साता एक सय ६७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४४ हजार चार सय ८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ५२ अंकले घटेर अन्तिम दिन १६ सय ५३ दशमलव ५३ अंकमा पुगेको छ ।

सूचीकृत सेयरहरू

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुुई दशमलव आठ अंकले घटेर तीन सय ४७ दशमलव तीन अंकमा आईपुगेको छ । यो साता कारोबार रकम १९ करोड ५३ लाख १० हजार रुपैयाँको आधारमा नागरीक लगानी कोष अग्रस्थानमा रहेको छ ।

कारोबार भएको सेयर संख्या ३१ लाख २७ हजार कित्ताको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १७ सय ६१ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनीहरु :

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दश लाखमा)
नागरीक लगानी कोष १९५.३१
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १५९.३२
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड १४४.५७
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड १३५.८३
प्राइम कमर्सियल बैंक लिमिटेड ११५.२२

        
यस साता सूचीकरणतर्फ निम्न कम्पनीको सेयर सूचीकृत भएको छ :

क्र.सं. कम्पनीको नाम सूचीकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
१  जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि. बोनस ४०००० कित्ता
२  हिमालयन पावर पार्टनर लि. साधारण १०६५४१७० कित्ता

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै