• २०८१ बैशाख १३ बिहीबार

किन हार्यो काँग्रेस ?

kharibot

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउनेक्रम जारी छ । आइरहेका मत परिणाम अनुसार काँग्रेसको ऐतिहासिक हार भएको छ । शायद काँग्रेसले यस अघिका निर्वाचनमा यति ठुलो हार बेहोरेको थिएन । लोकतन्त्रमा जनमतनै निर्णायक र अन्तिम हो । अझ काँग्रेसजस्तो लोकतन्त्र, प्रजातन्त्र मान्ने पार्टीका लागि त जनमतको झन् ठुलो कदर र असर हुनु पर्छ त्यस अर्थमा पनि यो हार काँग्रेसको लागि ठुलो हार हो ।

निर्वाचन परिणाम पछि काँग्रेस भित्र हारको दोष लगाउने क्रम अब विस्तारै सुरु हुन लागेको छ । युवा नेता गगन थापा त एक अप्छी अर्को अन्तर्वार्ता दिदै अब शिर्ष नेताहरुले विश्राम लिनुपर्ने र अब काँग्रेस यसरी चल्न नसक्ने अभिव्यक्ति दिएका छन् ।

अन्य नेताहरु अझै खुलेर बोल सकेका छैनन् किनकी शिर्ष नेताहरु नै धेरै जसो पराजित भएका छन् र एक किसिमको ‘सक’ मा रहेका छन् । दशकौ राजनीति गरेका र अहिलेसम्म हार नाबेहोरेका नेताहरु एक पछि अर्को गरी हार्दै जाँदा सम्हालिन केहि दिन लाग्नु स्वाभाविक हो । 

तर काँग्रेस किन हार्यो त भन्ने कुराको खोजि नीति सुरु हुनु पर्दछ र त्यो सुरु भैसकेको पनि छ । चुनाव अघि गठन भएको बाम गठबन्धन नै काँग्रेस हारको प्रमुख कर्ण अहिले सबैको मुखमा छ । तर अहिले काँग्रेसी कार्यकर्ताले यसलाई मात्र प्रमुख कारण मानेर अगाडी बढे भने यो अर्को ऐतिहासिक भुल हुने छ । हो एमाले-माओवादी एक हुदा संख्यात्मक रुपमा केहि असर परेको छ तर यो नै सबथोक हो भन्नु मुर्खता हुने छ । काँग्रेस हार्नुका केहि कारण यँहा प्रस्तुत गरिएको छ ।

१. डिएनए छोड्नु :

के हो काँग्रेसको डीएनए ? सायद काँग्रेसले बिर्सिसकेको छ । संबैधानिक राजतन्त्र, राष्ट्रियता र प्रजातन्त्रलाई दशकौ आफ्नो आदर्श बनाएर चुनाव जितेको काँग्रेसले गणतन्त्र संस्थागत गर्ने पहिलो निर्वाचनमा हार बेहोरेको छ । राजालाई हटाएर गणतन्त्रमा आएको काँग्रेसले आफ्नो त्यो सैद्धान्तिक यु-टर्नलाई न त पार्टीमा सोधेको थियो न छलफल नै गरेको थियो । कोठे बैठकबाट लादिएको त्यो निर्णयले अहिले आफैलाई ब्याकफायर गरेको छ र अझै कति गर्ने हो हेर्न बाँकी छ । 

काँग्रेसले माओवादीको एजेन्डालाई आफ्नो बनाएर राजनीति गर्ने प्रयास गरेको थियो । अब जनताले जसको एजेन्डा हो गणतन्त्र त्यस दललाईनै सत्ताको साचो सुम्पिएका छन् । यस अर्थमा काँग्रेसको हार स्वाभाविक हो । किनकी गणतन्त्र ल्याउन काँग्रेसको भूमिका महत्वपूर्ण भएपनि एजेन्डा उठान र त्यसलाई स्थापित गर्ने माओवादी नै हो । काँग्रेस र यसका नेता गिरिजा प्रसाद कोइराला नभएको भए गणतन्त्र आउन अझै धेरैले ज्यान गुमाउनु पर्थ्यो यस कुरामा कुनै शंका छैन तर पार्टीको सैद्धान्तिक धरातललाई तिलान्जली दिएर क्षणीक नाफा घाटामा सिंगो पार्टीलाई घर न घाटको बनाउने र आफ्नो ‘डिएनए’ नै बिर्सेकाले जनताले त्यहि सम्झाउन यस पटक काँग्रेसलाई सत्ता बाहिर पुर्याएका हुन् ।

२. सरकारका अलोकप्रिय काम :

काँग्रेस कहिले आफ्नो नेतृत्वमा त कहिले अरुको नेतृत्वमा सरकारमा बसिरहेको नै छ । पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले समयमा निर्वाचन गराउने जिम्मेवारी पुरा गरेपनि जम्बो मन्त्रीमण्डल बनाउने, राप्रपा आदिका दलहरुलाई सरकारमा सामेल गराउने लगायतका अलोकप्रिय कामले जनतामा एक किसिमको निराशा छाएको थियो । देउवा अघि प्रचण्ड नेतृत्वको सरकारमा पनि आइजीपी प्रकरण, प्रधान न्यायधिश सुशिला कार्कीलाई महाभियोग लगाउने प्रकरणमा काँग्रेसको हात रहेको आम जनताको विस्वास पनि काँग्रेसका लागि यो चुनाव घटक बन्न पुग्यो । 

३ टिकट वितरण :

नेपाली काँग्रेसमा टिकट वितरण पुरानै समस्या हो । पुरानो पार्टी भएकाले पन इयास्तो समस्या स्वाभाविक भएपनि काँग्रेस नेतृत्वले धनराज गुरुङ, गुरु घिमिरे, बद्रि पाण्डे जस्ता युवा नेतालाई टिकट नदिनु र नदिएको कारण नखुलाउनु पनि काँग्रेसका कार्यकर्तालाई निराश बनाउने प्रशस्त कारण बन्यो । यद्यपि टिकट नपाएका नेताहरु निर्वाचनमा त लागे तर जनतामा गएको नकारात्मक सन्देशलाई उनीहरुले पनि चिर्न सकेनन् । अर्को तर्फ नातावादमोहले पनि पार्टीलाई असर गरेको देखियो । यसको प्रमुख शिकार प्रधानमन्त्री पत्नी आरजु राणा बनिन् । प्रधानमन्त्री पत्नी रहेकै भरमा उनले कसरी टिकट पाइन् ? काँग्रेसमा धनराज गुरुङ, गुरु घिमिरेले टिकट नपाउदा आरजुले पाउनुपर्ने अनि जनताले जिताउनु पर्ने भन्ने काँग्रेसको निर्णयलाई जनताले अस्विकार गरेका हुन् । पदको लोभको नमुना बनेका पूर्वराजदुत दीपकुमार उपाध्याय चुनाव हारेर राजदुत बने, अनि फेरी चुनावको मुखमा राजीनामा दिएर टिकट पाए अनि पराजित भए । काँग्रेसका यस्ता निर्णयहरु पनि पराजित हुनुका प्रमुख कारण हुन् ।

४. अस्तव्यस्त चुनावी व्यवस्थापन :

काँग्रेससँग यस चुनावमा बम गठबन्धनलाई गाली गर्ने बाहेक केहि एजेन्डा नै दिन सकेन । कम्युनिष्ट आए यस्तो हुन्छ या उस्तो हुन्छ भन्ने बाहेक काँग्रेसले अन्य कुरा जनतासम्म राख्न सकेन । काँग्रेसको चुनावी कार्यक्रम अव्यवस्थित पनि रह्यो । काँग्रेस त्यतिबेला झस्कियो जब बाम गठबन्धनले मिडिया स्पेस बुक गरेर पुरा पृष्ठका विज्ञापन प्रकासित गरे । काँग्रेसले अलिकति पनि यसको भनक पाएन । यद्यपी अर्को दिन मिडियामा आउने प्रयास गर्यो तर पहिलो हुनुको फाइदा बाम गठबन्धनले उठाइसकेको थियो । एक उम्मेवारले खरीबोटसँग कुरा गर्दै भनेका थिए-‘टिकट दिएपछि कुनै केन्द्रिय नेताले फोन गरेर सोधेका पनि छैनन् कस्तो छ भनेर उता बाम गठबन्धनका नेताहरु दिनहुँ आउदै कार्यक्रम गर्दै जाँदै गरेका छन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै