• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगको म्यान्चेस्टर डर्बी सिटीले जित्यो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत भएको म्यान्चेस्टर डर्बी सिटीले जितेको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४३औ मिनेटमा सिटीका डेभिड सिल्भाले गोल गर्दै अग्रता लिएको सिटी, दोस्रो हाफको ४७औ मिनेटमा युनाइटेडका मार्कोस राश्फोर्डको गोल गर्दै बराबरी गरेका थिए ।

म्यान्चेस्टर डर्बीको निर्णायक गोल भने खेलको ५४औ मिनेटमा सिटीका निकोलस ओटामेन्डिले गरेका थिए ।

जितसँगै म्यान्चेस्टर सिटी लिगमा १६ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडसँग ११ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै