• २०८१ बैशाख ८ शनिबार

मेसी र स्वरेजको गोलमा बार्सिलोना विजयी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले २-० ले जितेको हो । 

बार्सिलोनाको जितमा लिओनल मेसी र लुईस सुआरेजले एक एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६०औ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो । भिल्लारियलका  मिडफिल्डर ड्यानियल राबा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

भिल्लारियल १० खेलाडीमा सीमित भएपछि बार्सिलोना खेलमा हावी भयो । स्वरेजले खेलको ७२औ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए भने मेसीले खेलको ८३औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

लिगमा १५ खेलपछि बार्सिलोना ३९ अंक जोड्दै शीर्ष स्थानमा छ भने भ्यालेन्सिया ३४ अंकसहित दोसोर स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३३ अंक रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै