• २०८१ बैशाख ८ शनिबार

बारा ३ मा यादव विजयी, प्रदेश (ख)मा फोरमकै साह विजयी

kharibot

बारा, सिमरा । बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका फरमुल्लाह मंसुरलाई हराउँदै संघीय समाजवादी फोरम नेपालका रामबाबुकुमार यादव विजयी भएका छन् । 

यादवले २१ हजार ३३६ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यानन्द पाण्डेयले १६ हजार ३६२ मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १६ हजार २६ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिएका छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख)मा संघीय समाजवादी फोरम नेपालका पारस साहले विजयी प्राप्त गरे । 

साहले ११ हजार ५१७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकाका जयचन्द्र चौरसियाले चार हजार ३८६ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका एमसमिल्लाहले तीन हजार ४३० मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै