• २०८१ बैशाख १२ बुधबार

चितवन–२ बाट प्रतिनिधि सभामा एमालेका पोखरेल विजयी

kharibot

चितवन ।  जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गर्नुभएको हो । 

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसक्नुभएको छ भने अन्य दुई ठाउँको मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकाका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहनुभएको छ । 

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ । 

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहनुभएको छ । साँझ ६ बजेसम्म दाहालले २२ हजार २०३ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गर्नुभएको छ । 

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै