• २०८१ बैशाख १३ बिहीबार

विश्वकै महंगो चित्रकला झुण्ड्याउने आबुधाबीको आर्ट ग्यालरी !

kharibot

साल्भाटोर मुण्डी (बायाँ) र लाउभ्रे आबुधाबी म्युजियम (दायाँ) । तस्बिर : बीबीसी

यूएई । आबुधाबीको संस्कृति तथा पर्यटन विभागले ४ सय ५० मिलियन डलरमा लिओनार्दो दा भिन्सीका दुई चित्रहरु किनेको छ । एउटा ग्यालेरीले ५ सय वर्ष पुराना जिसस क्राइष्टका चित्राकृतिहरु किनेको हो ।

मिडियाहरुले भने साउदीका राजकुमारहरुले उक्त तस्बिर किनेको बताएका थिए । द लाउभ्रे आबुधाबी म्युजियमले उक्त तस्बिरहरु प्रदर्शनीमा राख्ने बताएको छ । उक्त तस्बिरहरु न्युयोर्कमा लिलामीमा राखिएको थियो ।

साल्भाटोर मुण्डी अर्थात् भिन्सीले क्राइष्टको नाममा बनाएको उक्त चित्रकला अहिलेसम्मकै महंगोमा लिलामी भएको थियो । उक्त लिलामी मूल्य नेपालीमा ४६ अर्ब २२ करोड हाराहारी हुन आउँछ ।

लिलामीका बेला उक्त क्रेताले २० मिनेटसम्म मूल्य लगाएका थिए । न्युयोर्क टाइम्सले महंगोमा तस्बिर किन्ने व्यक्ति साउदी अरेबियाका राजकुमार भएको बताएको थियो । सन् १५१९ मा लिओनार्दो दा भिन्सीको मृत्यु भएको थियो । अहिलेसम्म भिन्सीका २० वटा जति चित्रकला अस्तित्वमा रहेको बताइन्छ ।

साल्भाटोर मुण्डी भने भिन्सीले १५०५ मा बनाएका हुन् । लाउभ्रे आबुधाबी म्युजियम भर्खरै सञ्चालनमा आएको आर्ट ग्यालरी हो । यो बनाउन नै १ बिलियन पाउण्ड अर्थात् झण्डै १ खर्ब ३७ अर्ब नेपाली रुपैयाँ खर्च भएको थियो भने आठ वर्ष लगाएर यसलाई अन्तिम रुप दिइएको थियो । यो म्युजियममा ६०० वटा मूल्यवान् चित्रकलाहरु रहेका छन् । यहाँ फ्रान्सबाट मात्रै ३०० चित्रकला उधारोमा ल्याइएका छन् । सोही कारण म्युजियमले पेरिसलाई महंगो रकम तिर्दै आइरहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै