• २०८१ बैशाख १३ बिहीबार

पर्दामा इन्दिरा गान्धी बन्न चाहन्छिन् क्याट्रिना

kharibot

बलिउड । बलिउडनगरीमा १५ वर्ष पूरा गरेकी अभिनेत्री क्याट्रिना क्याफलाई अब इन्दिरा गान्धी बन्ने रहर पलाएको छ । प्रायः सबै विधामा अभिनय गरिसकेकी यी बलिउड नायिका क्याफ पर्दामा इन्दिरा गान्धी बन्न चाहेको उनले नै खुलासा गरेकी हुन् ।

रोमान्टिक, कमेडी र एक्सन भूमिकामा फिल्म खेलिसकेकी यिनलाई कुनै ठूलो मानिसको जीवनीमा आधारित फिल्ममा खेल्ने रहर पलाएको हो । उनलाई यसका लागि आग्रहहरु धेरै आए पनि आफूले भनेजस्तो नभएका कारण उनले अहिलेसम्म बायोपिकमा फिल्म खेल्न पाएकी छैनन् । सोही कारण पनि उनी इन्दिरा गान्धीको भूमिका पाए खेल्न तयार भएको बताउँछिन् ।

त्यसो त यी अभिनेत्रीलाई इन्दिरा गान्धीको व्यक्तित्वले समेत प्रभाव पारेको छ । यद्यपि क्याट्रिनाले कहिले इन्दिरा गान्धी बन्न पाउनेछिन्, त्यो त समयले देखाउला ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै