• २०८१ बैशाख १४ शुक्रबार

झापा ३ मा कांग्रेस नेता सिटौलालाई पराजित गर्दैै राप्रपाका लिंग्देन विजयी

kharibot

झापा / कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिंग्देनसँग पराजित भएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंग्देनले १३ हजार ४ सय ५८ मतान्तरले पराजित गरेका हुन् ।

विजयी लिंग्देनले ४४ हजार ६ सय १४ मत ल्याएर विजय पाउँदा कांग्रेस नेता सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याएर पराजित भए । झापा ३ मा करिब ८० हजार मत खसेको बताइएको छ भने करिब पाँच हजारको हाराहारीमा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै