डा. केसीको समर्थनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

खरीबोट

अनशनरत डा. गोविन्द केसी

काठमाडौँ । सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । 

त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । 

बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएका छन् । 

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ । 

सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । 

सम्बन्धित समाचार

डा. केसीको अनशन रोक्ने सरकारी प्रयास असफल, पुरा हुदैछन् केहि माग

  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्दा नगर्दै सरकार पनि जागेको छ । पछिल्लो एकसाता देखि अल्टिमेटम दिइरहेका डा केसी

सरकार र डा. केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

काठमाडौँ, सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा शनिबार भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा