• २०८१ बैशाख ८ शनिबार

राधी विद्युत कम्पनीको साधारण सेयर पुस तीन गतेबाट 

kharibot

काठमाडौं । राधी बिद्युत कम्पनीले यही पुस तीन गतेबाट सात करोड ६४ लाख ५५ हजार रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले बिक्री प्रर्वन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड मार्फत एक सय रुपैयाँ अ्रंकित मुल्य कायम रहेको सात लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । 

सेयर बिक्री कार्य छिटोमा पुस छ गते र ढिलोमा पुस १७ गते बिक्री कार्य बन्द हुने छ । सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम तीन हजार आठ सय कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जारी पुँजी ४१ करोड रुपैयाँको १५ प्रतिसतका दरले छ करोड १५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको छ लाख १५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रको लागि जारी गरिएको थियो । सो मध्ये चार लाख १० हजार कित्तामा मात्र आवेदन परेको थियो । 

सो पश्चात बाँकी रहेको एक लाख ४९ हजार पाँच सय ५० कित्ता समेत थप गरी कुल सात लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर जारी गर्न लागिएको हो । यस मध्ये पनि दुई प्रतिसत अर्थात १५ हजार दुई सय २९ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि तथा पाँच प्रतिसत अर्थात ३८ हजार दुई सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । 

हाल अधिकृत पुंजी एक अर्ब ५० करोड तथा जारी पुंजी ४१ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ३३ करोड ३५ लाख ४५ हजार रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी ४१ करोड रुपैयाँ पुग्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै