• २०८१ बैशाख ८ शनिबार

फ्राइडे रिलिज : निखिल र सौगातको ‘संरक्षण’ प्रदर्शनमा

kharibot

काठमाडौँ । आज फ्राइडे रिलिज अन्तर्गत नेपाली सिनेमा घरहरुमा नेपाली चलचित्र ‘संरक्षण’ प्रदर्शन हुदै छ ।  

एक्सन स्टार निखिल उप्रेती र सौगात मल्ल मूख्य भूमिकामा रहेको चलचित्र ‘संरक्षण’ नेपाली राजनीतिक परिवेशमा आधारित चलचित्र हो । चलचित्रमा राजनीतिमा लागेकाहरुले गर्ने शक्तिको दुरुपयोगबारे देखाइएको छ । 

पछिल्लो समय फरक धारका चलचित्रमा काम गर्दै आएका सौगात मल्ल र एक्सन स्टारका रुपमा चिनिने निखिल उप्रेतीको यो चलचित्रलाई विशेष महत्वका साथ हेरिएको छ ।  
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्लका अलावा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । 

चितवन प्रिमियरमा राम्रो प्रतिक्रिया :

फिल्म ‘संरक्षण’को चितवनमा रेड कार्पेट प्रिमियर भएको छ । बुधवार चितवनमा रहेको जल्मा हलमा गरिएको प्रिमियरमा नायिका द्धय मलिना जोशी र नकर्मी, निर्माता द्धय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायत उपस्थित थिए । 

लक्की मिडिया हाउस चितवनले आयोजना गरेको प्रिमियरमा ‘संरक्षण’ले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै