फ्राइडे रिलिज : निखिल र सौगातको ‘संरक्षण’ प्रदर्शनमा

खरीबोट

काठमाडौँ । आज फ्राइडे रिलिज अन्तर्गत नेपाली सिनेमा घरहरुमा नेपाली चलचित्र ‘संरक्षण’ प्रदर्शन हुदै छ ।  

एक्सन स्टार निखिल उप्रेती र सौगात मल्ल मूख्य भूमिकामा रहेको चलचित्र ‘संरक्षण’ नेपाली राजनीतिक परिवेशमा आधारित चलचित्र हो । चलचित्रमा राजनीतिमा लागेकाहरुले गर्ने शक्तिको दुरुपयोगबारे देखाइएको छ । 

पछिल्लो समय फरक धारका चलचित्रमा काम गर्दै आएका सौगात मल्ल र एक्सन स्टारका रुपमा चिनिने निखिल उप्रेतीको यो चलचित्रलाई विशेष महत्वका साथ हेरिएको छ ।  
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्लका अलावा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । 

चितवन प्रिमियरमा राम्रो प्रतिक्रिया :

फिल्म ‘संरक्षण’को चितवनमा रेड कार्पेट प्रिमियर भएको छ । बुधवार चितवनमा रहेको जल्मा हलमा गरिएको प्रिमियरमा नायिका द्धय मलिना जोशी र नकर्मी, निर्माता द्धय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायत उपस्थित थिए । 

लक्की मिडिया हाउस चितवनले आयोजना गरेको प्रिमियरमा ‘संरक्षण’ले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । 

सम्बन्धित समाचार

विश्व बाघ दिवशः बाघको संरक्षण चुनौतीपूर्ण

चितवन, सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५०

फ्राइडे रिलिज : निखिल र सौगातको ‘संरक्षण’ प्रदर्शनमा

काठमाडौँ । आज फ्राइडे रिलिज अन्तर्गत नेपाली सिनेमा घरहरुमा नेपाली चलचित्र ‘संरक्षण’ प्रदर्शन हुदै छ ।   एक्सन स्टार निखिल उप्रेती र सौगात मल्ल मूख्य भूमिकामा रहेको चलचित्र ‘संरक्षण’ नेपाली राजनीतिक

जटायु रेष्टुरेष्टलाई संरक्षणसँगै ब्यवस्थित गर्न माग

रुपन्देही । भाद्र लोप हुन लागेको गिद्ध संरक्षणमा उल्लेख्य भुमिका खेलेको गैडहवा गाउँपालिका को बिण्णुपुरामा रहेको जटायु रेष्टुरेष्टलाई संरक्षण सँगै ब्यवस्थित पनि गरिनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन्

बाल संरक्षण धरोहर नेपालको स्थापना दिवश तथा सम्मान कार्यक्रम सम्पन्न 

काठमाडौँ । हाम्रो बाल संरक्षण धरोहर नेपालको स्थापना दिवश तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । शनिवार धापासीमा आयोजित कार्यक्रममा प्रमुख अथिती टोखा नगरपालीकाका प्रमुख प्रकाश अधिकारीले बालबालीका भोलीका