• २०८१ बैशाख ६ बिहीबार

गायिका टेलर स्विफ्टले आफूमाथिको यौन शोषणबारे अदालतमा बयान दिईन् 

kharibot

गायिका टेलर स्विफ्ट

अमेरिकी पप गायिका टेलर स्विफ्टले आफुमाथि भएको कथित यौन शोषण भएको विषय अदालत समक्ष राखेकी छन् ।

अदालतमा स्विफ्टले ५५ बर्षिय रेडियो डिजे डेविड मुलरले आफु माथि यौन शोषण गरेको बताएकी छन् । २७ बर्षिय पप गायिका स्विफ्टले आदलतलाई सन् २०१३ मा भएको सो घटनाबारे बताउदै डेविडले आफुलाई लामो समयसम्म आफ्नो छातीमा समाइरहेको र आफु उनबाट टाढा जाँदा पनि उनले आफुलाई नछोडेको उल्लेख गरेकी छन् ।

उनले अमेरिकाको कोलराड़ोको एक अदालतमा स्विफ्टले यो जानी बुझी गरिएको व्यवहार भएको बताएकी छन् ।

आफु माथि भएको यस्तो व्यवहारबाट आफु निकै डराएको उल्लेख गर्दै स्विफ्टले त्यसअघि आफुले त्यस्तो घट्न को समान गर्नु नपरेको बताएकी छन् । त्यति बेला डेविड चर्चित रेडियो स्टेशन क्योगोमा होस्टको रुपमा कार्यरत रहेका थिए । स्विफ्टले आफूमाथि भएको व्यवहार बारे रेडियोमा उजुरी गरेपछि उनलाई नोकरीबाट निकालिएको थियो । त्यसपछि स्विफ्ट अदालत गएकी थिइन् ।

अदालतमा डेविडले स्विफ्टको आरोपलाई अस्विकार गर्दै आफु बेकसुर रहेको बताएका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै