• २०८१ बैशाख ११ मंगलबार

ला लिगामा रियल म्याड्रिडको फराकिलो जित, रोनाल्डोले गरे दुई गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभिल्लालाई पराजित गरेको छ । 

शनिबार भएको खेलमा रियलले सेभिल्लालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने नाचो, क्रुज र हकिमीले एक एक गोल गरेका थिए । रियलले सबै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

जितसंगै रियल १५ खेलमा ३१ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने सेभिल्ला १५ खेलमा २८ अंक सहित ५औ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै