• २०८१ बैशाख ८ शनिबार

९१ बर्षीय हजुरआमा भइन् स्नातक तह पास 

kharibot

परिवारकासाथ किमलान जिनाकुल, तस्विर : बिबिसी

बैंकक ।आफु भित्र इच्छा शक्ति भयो भने उमेरले छेक्दैन भन्ने कुरा थाइल्याण्डकी एक हजुरआमाले देखाएकी छन् ।

थाइल्याण्डकी किमलान जिनाकुलले ९१ बर्षको उमेरमा स्नातक तहको परीक्षा पास गरेर सबैलाई चकित पारेकी छन् । जिनाकुलले ६ बर्षसम्म मेहनेत गरेर स्नातक तह उत्रिन गरेकी हुन् । उनले आफ्ना बच्चाबाट प्रेरित भएर युनिभर्सिटीमा भर्ना भएको बताउदै गत बुधबार स्नातक तहको डिग्री हासिल गरेको बिबिसीले जनाएको छ ।

उनले पहिलो पटक ७२ बर्षको उमेरमा स्नातक तह पढाइका लागि युनिभर्सिटीमा भर्ना भएपनि आफ्नी छोरीको निधन पछि उनले पढाई गर्न सकेकी थिइनन् । त्यसपछि उनले ८५ बर्षको उमेरमा ह्युमन इकोलोजी विषयमा भर्ना भएकी थिइन् ।

डिग्री हासिल गरेपछि उनले भनिन् – म् मेरी छोरीको मृत्युको सदमाबाट बाहिर आएपछि आफुलाई यो विषयको पढाई पुरा गर्नुपर्छ भन्ने दबाब दिए र आजो त्यो पुरा भएको छ । मेरी छोरीको आत्मा मेरो डिग्री देखेर अवस्य खुशी भएको होला ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै