• २०८१ बैशाख ७ शुक्रबार

एमाले नेता शंकर पोखरेल प्रदेशसभामा ठुलो मतान्तरले विजयी 

kharibot

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (क)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार पूर्वमन्त्रीसमेत रहेका पोखरेल ठुलो मत अन्तरले विजयी भएका छन् । पोखरेलले काँग्रेसका कमलकिशोर घिमिरेलाई ९५९५ मतअन्तरले पराजित गरेका छन् ।

वाम गठवन्धनका उम्मेदवार पोखरेललाई २०६९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १११६९ मत प्राप्त गरे ।

पोखरेललाई वाम गठबन्धनले प्रदेश नं. ५ को मुख्य मन्त्रीको दाबेदारको रूपमा हेरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै