काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि छन् ।
शनिबार बिहान पौने ६ वजे सार्वजनिक गरिएको मत परिणामअनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा २७२६ मतले अगाडि रहेका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म ५४२६ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्टले २७०० मतले पछ्याइ रहेका छन् ।