शिक्षा ऐनमा संशोधनबारे प्रमुख सचेतकसँग छलफल हुने

खरीबोट

फाइल तस्विर

ad

काठमाडौँ  । अस्थायी शिक्षकको माग सम्बोधन गर्न शिक्षा ऐनमा नवौँ संशोधनका लागि शुक्रबार प्रमुख दलका प्रमुख सचेतकसँग छलफल हुने भएको छ । 

शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच गत असार ९ मा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन नभएको र पुरानै कार्यतालिकामा आगामी भदौ ३ गते शिक्षक सेवा आयोगले परीक्षा लिन लागेको भन्दै अस्थायी शिक्षक पुनः अनशनमा छन् । 

अस्थायी शिक्षकले परीक्षामा असफल भएपनि उचित सुविधाको माग गरेका छन् । संघर्ष समितिले यही साउन १८ गतेदेखि भद्रकालीमा अनशन जारी राखेको सन्दर्भमा आज मन्त्रालय, महासंघ र समितिका प्रतिनिधिबीचको वार्तामा ऐन संशोधनका विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग संवाद गर्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । 

आगामी भदौ ३ को परीक्षाको तयारी हालसम्म यथावत् राखेको आयोगका प्रशासकीय प्रमुख डा लक्ष्मीराम पौडेलले जानकारी दिए  । 

संघर्ष समितिका लक्ष्मी सत्यालले अनशनमा रहेका दुई शिक्षकको स्वास्थ्य अवस्था थप कमजोर हुँदा पनि सरकार माग पूरा गराउन गम्भीर नभएको गुनासो गरे । 

सम्बन्धित समाचार

अर्जेन्टिनाको प्रशिक्षकबाट जर्ज साम्पओली हटे 

काठमाडौँ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जर्ज साम्पओलीले राजीनामा दिएका छन् । अर्जेन्टिनी फुटबल फेडेरेशन र साम्पओलीबीच समझदारीमा उनले राजिनामा दिएको बताइएको छ । विश्वकपमा अन्तिम १६ बाट अर्जेन्टिना बाहिरिएपछि

एसइईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई अनेरास्ववियुको सम्मान 

काठमाडौँ । देशै भरीका सामुदायिक स्कुलका शिक्षक तथा बिद्यार्थीहरु एकै ठाउँमा जम्मा  भएका छन्  । अनेरास्वीयु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीहरुलाई  सम्मान तथा बधाई कार्यक्रममा नेपाल

बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेनको प्रशिक्षकमा नियुक्त 

काठमाडौँ । बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेन राष्ट्रिय फुटबल टिमको नयाँ म्यानेजर बनेका छन् ।  इनरिक २ बर्षका लागि स्पेनको म्यानेजरमा नियुक्त भएका हुन् । गत बर्ष बार्सिलोनाबाट राजीनामा दिएका इनरिक

थाइल्याण्डको चर्चित गुफाकाण्ड : किन गएका थिए १२ खेलाडी लिएर प्रशिक्षक ? 

थाइल्याण्ड/  गत सातादेखि थाइल्याण्डको गुफामा १२ बालक हराएपछि यसले अन्तर्राष्ट्रिय चासो बढिरहेको छ । आइतबार मात्रै चार जनाको उनीहरु हराएको भनिएको गुफाबाट उद्धार गरिएको थियो । बाँकी खेलाडी र प्रशिक्षक