• २०८१ बैशाख ८ शनिबार

शिक्षा ऐनमा संशोधनबारे प्रमुख सचेतकसँग छलफल हुने

kharibot

फाइल तस्विर

काठमाडौँ  । अस्थायी शिक्षकको माग सम्बोधन गर्न शिक्षा ऐनमा नवौँ संशोधनका लागि शुक्रबार प्रमुख दलका प्रमुख सचेतकसँग छलफल हुने भएको छ । 

शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच गत असार ९ मा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन नभएको र पुरानै कार्यतालिकामा आगामी भदौ ३ गते शिक्षक सेवा आयोगले परीक्षा लिन लागेको भन्दै अस्थायी शिक्षक पुनः अनशनमा छन् । 

अस्थायी शिक्षकले परीक्षामा असफल भएपनि उचित सुविधाको माग गरेका छन् । संघर्ष समितिले यही साउन १८ गतेदेखि भद्रकालीमा अनशन जारी राखेको सन्दर्भमा आज मन्त्रालय, महासंघ र समितिका प्रतिनिधिबीचको वार्तामा ऐन संशोधनका विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग संवाद गर्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । 

आगामी भदौ ३ को परीक्षाको तयारी हालसम्म यथावत् राखेको आयोगका प्रशासकीय प्रमुख डा लक्ष्मीराम पौडेलले जानकारी दिए  । 

संघर्ष समितिका लक्ष्मी सत्यालले अनशनमा रहेका दुई शिक्षकको स्वास्थ्य अवस्था थप कमजोर हुँदा पनि सरकार माग पूरा गराउन गम्भीर नभएको गुनासो गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै