शिक्षा ऐनमा संशोधनबारे प्रमुख सचेतकसँग छलफल हुने

खरीबोट

फाइल तस्विर

काठमाडौँ  । अस्थायी शिक्षकको माग सम्बोधन गर्न शिक्षा ऐनमा नवौँ संशोधनका लागि शुक्रबार प्रमुख दलका प्रमुख सचेतकसँग छलफल हुने भएको छ । 

शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच गत असार ९ मा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन नभएको र पुरानै कार्यतालिकामा आगामी भदौ ३ गते शिक्षक सेवा आयोगले परीक्षा लिन लागेको भन्दै अस्थायी शिक्षक पुनः अनशनमा छन् । 

अस्थायी शिक्षकले परीक्षामा असफल भएपनि उचित सुविधाको माग गरेका छन् । संघर्ष समितिले यही साउन १८ गतेदेखि भद्रकालीमा अनशन जारी राखेको सन्दर्भमा आज मन्त्रालय, महासंघ र समितिका प्रतिनिधिबीचको वार्तामा ऐन संशोधनका विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग संवाद गर्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । 

आगामी भदौ ३ को परीक्षाको तयारी हालसम्म यथावत् राखेको आयोगका प्रशासकीय प्रमुख डा लक्ष्मीराम पौडेलले जानकारी दिए  । 

संघर्ष समितिका लक्ष्मी सत्यालले अनशनमा रहेका दुई शिक्षकको स्वास्थ्य अवस्था थप कमजोर हुँदा पनि सरकार माग पूरा गराउन गम्भीर नभएको गुनासो गरे । 

सम्बन्धित समाचार

क्रिष्टियानो रोनाल्डो रियलमै रहन्छन – प्रशिक्षक जिदान

काठमाडौँ, रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिष्टियानो रोनाल्डो रियलमै रहने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा जिदानले रोनाल्डो अहिले बिदामा रहेको र मसंगको कुरामा रोनाल्डो क्लब छोडेर जाने संकेत आफुले नपाएको

अस्थायी शिक्षक सहमतिः शिक्षा ऐनमा नवौँ संशोधन तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले बाटो खुला गरेसँगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षक संघर्ष समितिसँग भएको सहमतिको कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधनको तयारी सुरु गरेको छ ।  गत असार ९ गते भएको चारबुँदे

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई

कांग्रेसद्वारा अस्थायी शिक्षकका लागि पास भए जागिर र फेल भए गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्न माग  

काठमाडौँ । नेपाली कांग्रेसले हाल आन्दोलनरत अस्थाई शिक्षकहरुलाई स्थायी गर्न शिक्षा सेवा आयोगले लिने परिक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने व्यवस्था गर्न सरकारसँग