• २०८१ बैशाख १२ बुधबार

बागलुङमा वाम गठबन्धन अगाडि

kharibot

बागलुङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । 

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा९एमाले०का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका छन् । हालसम्म पाठकले १४ हजार र खड्काले नौ हजार ८७० मत प्राप्त गरेका छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिएका छन् ।

हालसम्म पौडेलले १० हजार ७४९ र पुनले आठ हजार ५५३ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फका चार वटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै