नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागको आग्रह

खरीबोट

काठमाडौँ ।  मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । 

विभागले आज एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । 

तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा शुक्रबार बिहानपछि बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीय क्षेत्रमा पनि आजदेखि शुक्रबारसम्म उच्च जोखिममा रहेकाले सचेतता अपनाउन आग्रह गरेको हो । 

विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले नदी तटिय क्षेत्रका सबै स्थानीय नागरिक, सो क्षेत्रमा आवतजावत गर्ने र सम्बन्धित सबैलाई सतर्कता अपनाउन तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत विशेष अपिल गरिएको जानकारी दिए । 

कम्प्युटर मोडलबाट गरिएको बाढी भविष्यवाणीलाई आधार मानेर विभागले नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको प्रमुख शर्माले जानकारी दिए । 

सम्बन्धित समाचार

मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

काठमाडौँ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।  आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित

मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा

काठमाडौँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनी न्यूनचापीय

मौसम पूर्वानुमान महाशाखा भन्छ : मनसुन सक्रिय भयो, केही दिन मज्जाले पानी पर्छ

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ