• २०८१ बैशाख ६ बिहीबार

बसको ठक्करबाट दुईजनाको मृत्यु

kharibot

रत्ननगर, चितवन ।  चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

गए राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का करिब २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ । 

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव अहिले चितवन मेडिकल कलेजमै राखिएको छ । बस र त्यसका चालक भने इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै