सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पशुपतिशमशेर राणा पछाडी परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा २४८ मतले पछाडी परेका छन् ।
प्राप्त पछिल्लो गणना अनुसार राणाले २०७३ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार शेरबहादुर तामाङले २३२१ मत ल्याएर अगाडी रहेका छन् ।