• २०८१ बैशाख ८ शनिबार

कीर्तिमानधारी खेलाडीलाई खेलकुद मन्त्रालयको सम्मान

kharibot

तस्विर : राष्ट्रिय खेलकुद परिषद

काठमाडौँ  । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन् । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए ।

अजितले छात्र १ हजार ५ सय मिट दौड, तिलकले छात्र सटपुट, मञ्जुले छात्रा १ हजार ५ सय मिटर दौड तथा विपनाले छात्रा ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए । दुई कीर्तिमानका लागि विपनाले २ लाख नगद पुरस्कार पाइन् । बाँकीले १ लाखका दरले नगद पुरस्कार पाए । विशेष कारणवस विपना भने कार्यक्रममा उपस्थित थिइनन् ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीलाई नगद बराबरको चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै