हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता 

खरीबोट
ad

हुम्ला । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । 

एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन् । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको छ । 

त्यस्तै एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गरेका छन् । नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गरेका छन् र ७७ मत बदर भएको छ ।

प्रदेशसभा (ख) को शुक्रबार मात्र मतगणना हुने बताइएको छ ।  
 

सम्बन्धित समाचार

राष्ट्रपति निर्वाचन सम्पन्न, मतगणना जारी

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । ४ बजेबाट मतगणना सुरु भएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई,

काँग्रेस संसदीय दलको नेता निर्वाचनको मतदान सकियो, मतगणना हुदै

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  अन्तिममा सांसद प्रदीप गिरिले मतदान गरेपछि मतदान सकिएको हों ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,