• २०८१ बैशाख ४ मंगलबार

भोलाछेंमा एमाले र नेमकिपाबीच झडप

kharibot

भक्तपुर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसालगायत १२ जना घाइते भएका छन् । भोलाछेंस्थित मतदान केन्द्रको करिब २०० मि नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए । उनले भने, ‘मतदान केन्द्र नजिक सामान्य विषयमा झडप भए पनि मतदान प्रक्रिया सुचारु भइरहेको छ ।’

भोलाछेंस्थित मतदान केन्द्र बाहिर मतदातालाई मतदाता नं र क्रमसंख्या भिडाएर सहयोग गरिरहेका स्वयंसेवीलाई मतदानस्थल अवलोकनका लागि पुग्नुभएका भक्तपुर क्षेत्र नं १ प्रदेशसभा खमा वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारको टोलीमा सहभागीले एक्कासि आक्रमण गरेको नेपाल क्रान्तिकारी युवा संघका पूर्वअध्यक्ष प्रकाश थुसाले बताए ।

उनले भने, ‘स्वयम्सेवीहरूले कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती उम्मेदवारसँग आएका गुण्डाहरूले महिला, वृद्धवृद्धा केही नभनी हातपात गरे, स्वयम्सेवीहरूलाई बचाउने क्रममा ममाथि पनि आक्रमण भयो ।’ एमालेका जिल्ला नेता बालमुकुन्द सुवालले नेमकिपाले मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेका अवस्थामा सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै