एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान 

खरीबोट

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । 

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले अपरान्ह मतदान गरेका हुन् ।

गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाडौं आएका थिए । झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ ।

आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरुमा अध्यक्ष ओली पनि रहेका छन् । 
 

सम्बन्धित समाचार

राष्ट्रियसभाका समितिको निर्वाचन सर्यो, अब भदौ १३ गते हुने 

काठमाडौँ। राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।  राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन

सांसद ‘निर्वाचन क्षेत्र विकास’ खर्चका लागि सरकारले मापदण्ड बनायो 

काठमाडौँ। सरकारले सांसदका लागि बजेटमार्फत विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टाइएको

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ५ मा हुने 

काठमाडौँ। प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिनुभयो । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका

जिम्बाबेमा निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी २७ नेताहरु अदालतमा उपस्थित

हरारे। जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ ।  केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।  लामो समय शासन