• २०८१ बैशाख ८ शनिबार

सिके राउतको गाँउमा ३ बजेसम्म पनि भोट दिन कोहि आएनन् 

kharibot

राजविराज । सप्तरी जिल्लाको महादेवा गाँउपालिकाको आधारभूत प्राथामिक विद्यालय केन्द्रमा अपरान्ह ३ बजेसम्म एउटा पनि मत खसेको छैन ।

बिहीबार देशका ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभाका लागि उत्साहजनक मतदान जारी रहेपनि यस मतदान केन्द्रमा मतदान गर्न कोहि मतदाता नआएको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिएका छन् । सो केन्द्रमा ९ सय जना मतदाता रहेका छन् ।

कुनै मतदाता नआए पनि कर्मचारी ५ बजेसम्म कुरेर बस्ने ढुंगानाले जानकरी दिएका छन् ।

मधेस छुट्टै देश हुनुपर्छ भनेर आन्दोलन गरिरहेका सिके राउतको गाउँ रहेको महादेवामा दलका प्रतिनिधि र मतदाता आउँ डराइरहेको देखिएको छ । आजै राउतलाई चुनावविरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले जनकपुरबाट पक्राउ गरिसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै