• २०८१ बैशाख ६ बिहीबार

नाइकको तस्विर लिक : के रोनाल्डोले जित्दैछन् बेलोन डोअर ?

kharibot

काठमाडौँ । आज साँझ फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अर अवार्ड २०१७ वितरण गरिदै छ । अवार्ड वितरण नहुदै अनेक किसिमका अनुमान र रिपोर्टहरु आइरहेका छन् ।

क्रिस्टियानो रोनाल्डो र मेसीलाई जोडेर अनेकन रिपोर्ट आइरहेका बेला रोनाल्डोको स्पोन्सर रहेको नाइकको एक तस्बिर लिक भएको छ । सार्वजनिक भएको रोनाल्डोको नयाँ बुटमा रोनाल्डोले यस बर्षको बेलुन डो अरको उपाधि जित्ने संकेत गरिएको छ । जुत्तामा रोनाल्डोको ब्रान्ड नाम सिआर ७ सँगै ८, १३,१४,१६ र १७ उल्लेख गरिएको छ । नाइकको लिक भएको सो तस्बिरले यस बर्षको बेलुन डो अरको उपाधि रोनाल्डोले नै जित्ने दाबि गरिएको छ ।

अहिले अर्जेन्टिनाका लियोनेल मेसीले यो उपाधि ५ पटक जितेका छन् भने रोनाल्डोले ४ पटक जितेका छन् । रोनाल्डोले ५औ पटक यो उपाधि जितेर मेसीको बराबरी गर्ने दाउमा रहेका बेला नाईकको यो तस्बिर लिक भएपछि रोनाल्डोले जित्ने निश्चित भएको बताइएको छ ।

तर युरोपेली मिडियाहरुमा यस पटक यो अवार्ड नेइमारले पनि जित्न सक्ने उल्लेख गरेका छन् । 

यस सिजनमा रोनाल्डोको प्रदर्शन अपेक्षा गरे अनुरुप नभएकाले र तुलनात्मक रुपमा मेसीको प्रदर्शन यस सिजनमा राम्रो भएकाले मेसीले यो अवार्ड जित्ने दाबि गर्नेको संख्या पनि धेरै नै छ ।

यसबर्ष रोनाल्डो, मेसी, नेइमार, एन्टोनी ग्रीजम्यान, इडेन हजार्ड, हेरी केन, केभिन डे ब्रुने, रोबोर्ट लिवानडोस्कीसहित ३० खेलाडी मनोनयनमा परेका छन् ।

संसार भरका १७५ भन्दा बढी खेल पत्रकारको मतदानबाट दिइने यो अवार्ड यस अघि फिफासँगको सहकार्यमा दिने गरिएको भएपनि गतबर्षदेखि फिफाले उत्कृष्ट बर्ष खेलाडीको छुट्टै अवार्ड दिन थालेको छ भने बेलुन डो अर उपाधि अलग्गै दिन थालिएको छ । 

फ्रान्सको फुटबल म्यागजिन फ्रेन्च फुटबलले सन् १९५६ देखि यो अवार्ड दिन थालिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै