राजधानीमा विस्फोटका घटनामा संलग्न पाँच पक्राउ

खरीबोट

काठमाडौँ । नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।

एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

फरार अपहरणकारी सात वर्षपछि पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआइबी)ले अपहरण मुद्दाका फरार अपहरणकारी सुनिल तमाडलाई सात वर्षपछि पकाउ गरेको छ । सीआइबीको टालीले  तमाडलाई शनिबार ठूलो धादिड सिन्धुपाल्चोबाट प्रकाउ गरी काठमाडौं

घुस लिदाँलिदै प्रहरी अधिकारी सहित तीन जना पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले घुस लिएको अभियोग लागेका महानगरिय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठ र प्रहरी जवान उमेशकुमार थापा विरुद्ध विशेष अदालतमा आज मुद्दा

घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले घाँटी रेटी हत्या गर्ने दुई जना

प्रहरी बनेर लुट्ने दुईजना पक्राउ

चितवन ।  आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा