• २०८१ बैशाख ६ बिहीबार

यस कारण यी उम्मेदवारले पाएनन् आफैलाई मतदान गर्न !

kharibot

काठमाडौँ । आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म हुनुहुन्छ । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनिहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् । 

मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उहाँहरूले आफ्नो मत आपूmलाई सुरक्षित गर्न नसकेका हुन् ।झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूm उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाएन् । उनले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्। काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएन् । उनको मतदाता नामावली रौतहटमा छ । 

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाएन् । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामावली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाएका हुन् ।

काठमाडौँमा मतदाता नामावलीमा नाम रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला काठमाडौँबाटै मतदान गर्दै छन  उनले प्रदेश नं ४ अन्तर्गत नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुन् । उनले नवलपरासीबाट आफू काठमाडौँमा मतदानका लागि आएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाएन् । उनले  काठमाडौँ क्षेत्र नं ७ बाट मतदान गरे । 

काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उहाँको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आपूmले आफैँलाई मतदान गर्न पाएन् । वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार डा. प्रकाशशरण महत, काँग्रेसबाट कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा. आरजु देउवा, भक्तपुर क्षे नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनान् ।  काँग्रेसका तर्फबाट उम्मेदवाहरू डा. महतले नुवाकोटमा मतदाता नामावलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामावली रहेका कारण डा. राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाएका हुन् । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा मतदाता नामावली नाम भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुन् । पश्चिम रुकुममा मतदाता नामावली रहेका नेकपा (माओवादी केन्द्र)का नेता अनिलकुमार शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार हुन् भने रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदी काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका छन् । 

माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफँैलाई मतदान गर्न पाएनन् । उनिहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिए ।  काठमाडौँ क्षेत्र १ का उम्मेदवार शर्माले भने, मत आफँैलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ ।” 

आज बिहान मोरङबाट मतदान गर्नुभएका संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार दिएका छन् । उनले आफूले आफूलाई मतदान गर्न नपाएको सन्दर्भमा भने, “जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो ।” सर्लाहीका मतदाता तथा राजपा नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुन  उनले “कानुनी तथा व्यावहारिक कारण आज मतदान गर्न सकिएन, तर पनि म लाखौं मतदाताको बीचमा छु, त्यसैमा खुशी छु” भने । 

ललितपुर भैंसीपार्टीका मतदाता तथा विवेकशील साझा पार्टीका अध्यक्ष्य रविन्द्र मिश्र काठमाडौँ क्षेत्रं १ बाट उम्मेदवार हुन्। उनले पनि आपूmलाई मतदान गर्न पाए । 
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै