• २०८१ बैशाख ६ बिहीबार

भक्तपुरको हनुमन्ते खोलाको पुलमा राखिएको बम सेनाद्वारा निष्क्रिय 

kharibot

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ । 

बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन् । कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्रमा त्रास पैदा गराउने उद्देश्यले विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो । बम निष्क्रिय भएपछि अहिले मतदान सुचारु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै