भक्तपुरको हनुमन्ते खोलाको पुलमा राखिएको बम सेनाद्वारा निष्क्रिय 

खरीबोट

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ । 

बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन् । कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्रमा त्रास पैदा गराउने उद्देश्यले विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो । बम निष्क्रिय भएपछि अहिले मतदान सुचारु भएको छ ।
 

सम्बन्धित समाचार

नेपालले एसियन गेम्स फुटबलमा आज भियतनामसँग खेल्दै, नेपाल जित्ने पर्ने दबाबमा 

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा आज नेपालले भियतनामको सामना गर्दैछ । इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरू हुनेछ। पहिलो

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

ललितपुर। प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए

विप्लवको बन्दमा बम आतंक : देशका विभिन्न ठाउमा बम फेला

काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा विभिन्न ठाउमा बम विष्फोट गराइएको छ।  मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ भने भक्तपुरका दुई स्थानमा राखेको प्रेसर

दमकमा बम विष्फोट

दमक । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयनजिक मंगलबार बिहान बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम