• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिगमा दोस्रो चरणको समिकरण पुरा, कसरी हुन्छ ड्र ?

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणमा भाग लिएका ३२ टिमबाट दोस्रो चरणका लागि १६ टिम छानिएका छन् ।

होम एण्ड अवे लिगका आधारमा खेलाइएको समुह चरणका खेलबाट ५ वटा इङलिश क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, चेल्सी, लिभरपुल र टोटनह्याम दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै स्पेनिस लिगबाट रियल म्याड्रिड, बार्सिलोना र सेभिल्ला दोस्रो चरणमा पुगेका छन् भने एथलेटिको म्याड्रिड समुह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै जर्मनी लिगबाट बायर्न म्युनिख छनौट भएको छ भने इटालीको लिगबाट युभेन्टस र रोम छनौट भएका छन् । त्यस्तै पोर्चुगलको लिगबाट पोर्टो, फ्रेन्च लिगबाट पिएसजी, टर्कीको बेसिक्टास, युक्रेनको शख्तर डोनेटस्क र स्विस लिगको बसेल रहेका छन् । 

कसरी हुन्छ ड्र ?

दोस्रो चरणबाट च्याम्पियन्स लिगको नकआउट चरण सुरु हुने छ । दोस्रो चरणको ड्र आगामी डिसेम्बर ११ मा हुदै छ ।

दोस्रो चरणको ड्र समुह चरणमा समुह विजेता ८ टिमलाई एकातिर राखिन्छ भने उपविजेता ८ टिमलाई अर्को तिर राखिन्छ । तर यस ड्र मा समुह चरणमा एकै समुहमा खेलेका र आफ्नै देशका क्लबसँग भने खेल्नु पर्दैन । युइएफएका अनुसार यस राउण्डमा आफ्नो देशको क्लब र समुह चरणमा एकै समुहमा रहेका बाहेकका क्लबसँग प्रतिष्पर्धा हुनेगरी ड्र गरिन्छ । 

यसरी हेर्दा समुह बिजेताको रुपमा म्यान्चेस्टर युनाइटेड, पिएसजी, रोमा, बार्सिलोना, लिभरपुल, म्यान्चेस्टर सिटी, बेसिकटस र टोटनह्याम एकातर्फ हुन्छन भने अर्कोतर्फ बसेल, बायर्न म्युनिख, चेल्सी, युभेन्टस, सेभिल्ला, सख्तर डोनेटस्क, पोर्टो र रियल म्याड्रिड हुने छन् ।

आगामी डिसेम्बर ११ मा ड्र भएपछि सन् २०१८ को फेब्रुअरी १३ देखि दोस्रो चरणका खेलहरु हुने तालिका युइएफएले सार्वजनिक गरिसकेको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै