• २०८१ बैशाख ८ शनिबार

प्रदेशका राजधानी चाँडै तोकिन्छ : प्रधानमन्त्री देउवा

kharibot

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन् । 

गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताए । “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उनले भने । 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै