• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुराको अशिग्राम माविबाट मतदान

kharibot

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । 

प्रधानमन्त्री देउवाले  डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

२०४८ साल देखि डडेल्धुराबाट निर्वाचित हुदै आएका देउवा यस अघि २०७० को संबिधान सभा निर्वाचनमा कैलाली -५ र डडेल्धुरा गरी दुवै ठाउबाट निर्वाचित भएका थिए । अहिले कैलाली-५ बाट देउवाकी पत्नी डा. आरजु राणा उम्मेदवार बनेकी छन् । 

देउवाले विसं २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आएका प्रधानमन्त्री देउवा यस पटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गरेका हुन् । 

प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको अशिग्राम प्रावि हालको मावि बाट नै गरेको हुन् । 

प्रधानमन्त्री देउवासँगै उनकी धर्मपत्नी तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी डा आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गरेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै