सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

खरीबोट

बैतडी  । बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए  । यसअघि गत कात्तिक २२ गते प्रदेश नं ७ को बझाङ केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो । 

सम्बन्धित समाचार

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

काठमाडौँ । भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट कम्प्युटर उपलब्ध गराएको छ ।  प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज

दोलखाका तीनहजार भूकम्पपीडितले अझै अनुदान पाएनन्

चरिकोट । पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् ।  भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत

भूकम्पछि वल्र्डभिजनको रु ४१ करोड खर्च

त्रिशूली । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ ।  विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तर

मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

स्यान्टियागो जामिल्टेपेक, मेक्सीको ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार