लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा, कोन्टिन्होले गरे ह्याट्रिक 

खरीबोट

काठमाडौँ । लिभरपुलले रसियन क्लब स्पार्टक मस्कोलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो ठाउ सुरक्षित गरेको छ । गएराती भएको खेलमा लिभरपुलले स्पार्टकलाई ७-० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा हाल बार्सिलोना जाने तयारीमा रहेका फिलिप कोन्टिन्होले ह्याट्रिक गरेका छन् । यो लिभरपुलका लागि उनको पहिलो ह्याट्रिक हो । खेलको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरेका कोन्टिन्होले खेलको १५औ र ५०मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । लिभरपुलका लागि मानेले दुई गोल गरेका थिए भने रोबर्ट फिरमिनो, मोहमद सलाहले एक एक गोल गरेका थिए ।

जितपछि लिभरपुल ६ खेलमा १२ अंक सहित समुहमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । यस समुहबाट स्पेनिस क्लब सेभिला ६ खेलमा ९ अंक सहित दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ ।  
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिग नकआउट चरणको ड्र सार्वजनिक, कुन टिम कोसँग खेल्छन् ? 

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ टिमको ड्र सार्वजनिक भएको छ । सोमबार भएको ड्र मा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड फ्रान्सको क्लब पिएसजीसँग खेल्ने भएको छ ।  त्यस्तै स्पेनको चर्चित क्लब

च्याम्पियन्स लिगमा दोस्रो चरणको समिकरण पुरा, कसरी हुन्छ ड्र ?

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणमा भाग लिएका ३२ टिमबाट दोस्रो चरणका लागि १६ टिम छानिएका छन् । होम एण्ड अवे लिगका आधारमा खेलाइएको

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा, कोन्टिन्होले गरे ह्याट्रिक 

काठमाडौँ । लिभरपुलले रसियन क्लब स्पार्टक मस्कोलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो ठाउ सुरक्षित गरेको छ । गएराती भएको खेलमा लिभरपुलले स्पार्टकलाई ७-० ले पराजित गरेको हो

डोर्टमण्डमाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित , रोनाल्डोले बनाए यस्तो रेकर्ड 

काठमाडौँ । च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको नयाँ रेकर्डसँगै रियल म्याड्रिडले जर्मनी क्लब डोर्टमण्डलाई पराजित गरेको छ । गएराती भएको समुह चरणको अन्तिम खेलमा रियलले डोर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो