• २०८१ बैशाख ७ शुक्रबार

डोर्टमण्डमाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित , रोनाल्डोले बनाए यस्तो रेकर्ड 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको नयाँ रेकर्डसँगै रियल म्याड्रिडले जर्मनी क्लब डोर्टमण्डलाई पराजित गरेको छ ।

गएराती भएको समुह चरणको अन्तिम खेलमा रियलले डोर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

यस खेलमा खेलको १२औ मिनेटमा गोल गर्दै रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा समुह चरणका ६ वटै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगको यस सिजनका ६ वटै खेलमा गोल गरेका छन् । उनी कुल ९ गोल गरेर च्याम्पियन्स लिगमा अहिलेसम्म यस सिजनको शिर्ष गोल कर्ता पनि हुन् ।  

रियलका लागि खेलको ८औ मिनेटमा बोर्जा मेयोरलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले १२औ मिनेटमा गोल गरेका थिए । खेलको ४३औ मिनेटमा डोर्टमण्ड ओबामियांगको गोलमा खेलमा फर्किएको थियो । ओबामियांगले खेलको ४८औ मिनेटमा दोस्रो गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा खेलको ८१औ मिनेटमा रियलका लुकास भजकोयेजले गोल गर्दै रियललाई जिताएका थिए ।   

जितसँगै रियल म्याड्रिड समुहमा दोस्रो हुदै अन्तिम १६ मा  पुगेको छ । समुह एच मा इङलिश क्लब टोटनह्याम ६ खेलमा १६ अंक सहित शिर्ष स्थानमा रहेको छ भने रियल ६ खेलमा १३ अंक सहित दोस्रो स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै