बार्सिलोना छोडेको भन्दै बायर्नका फ्यानहरुले नेइमारलाई नक्कली नोटले हाने 

खरीबोट

काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन नेइमारलाई बायर्न म्युनिखका फ्यानले अपमान गरेका छन् । 

गएराती बायर्न म्युनिखसँग भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मनी फ्यानहरुले नेइमारको नामको ५ सय युरोको नोट प्रिन्ट गरेर स्टेडियम भित्र प्रदर्शन गरेका हुन् । 

जर्मनी मिडियाका अनुसार नेइमारको तस्बिर प्रिन्ट गरिएको ५ सय युरोको नक्कली नोट र ब्यानर सहित फ्यानहरुले स्टेडियम भित्र असन्तुष्टि जनाएका थिए । 

मिडिया रिपोर्टका अनुसार यसका दुई वटा कारण उनीहरुले दिएका छन् । पहिलो कारण बार्सिलोनाबाट नेइमार पिएसजी जाँदा फिफाको फाइनान्सियल फेयर प्लेको पालना नगरिएको र दोस्रो युएएफएले यस अघिको बायर्न म्युनिखले ब्रसेल्समा खेलेको एण्डरलेच्टसंगको खेलको टिकट दर महँगो गरेकोले फ्यानहरुले सो को विरोध गरेको बताइएको छ ।  

सो खेलमा बायर्न म्युनिखका फ्यानहरुलाई एक सय युरो टिकट दर तोकिएको थियो । जर्मनी फ्यानहरुले सो सय युरो फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

बायर्नसँगको खेलका क्रममा नेइमारले कर्नर हान्न लागेका बेला उनलाई निशाना बनाएर ति नक्कली नोट फालिएको बताइएको छ । फ्यानहरुले फालेका नक्कली नोट कर्नर हान्न गएका नेइमारले हेर्दै त्यसलाई नदेखेको जस्तो गरेका थिए ।

बायर्न म्युनिखसँगको खेलमा पिएसजी ३-१ को हार बेहोरेको थियो । खेलमा हार बेहोरेपनि पिएसजी दोस्रो चरणमा भने गएको छ । 
 

सम्बन्धित समाचार

नेइमार बिना पिएसजीको प्रभावशाली जित, डी मारियाले गरे ह्याट्रिक 

काठमाडौँ । फ्रेन्च कोपा अन्तर्गत पिएसजीले प्रभाशाली जित हासिल गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीले सोचक्सलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल

नेइमारले पिएसजीमै बेलुन डो अर जित्न सक्छन् – रोनाल्डो 

काठमाडौँ । ब्राजिलका लिजेण्ड स्ट्राइकर रोनाल्डोले नेइमारले पिएएसजीमै बेलुन डो अर जित्नसक्ने बताएका छन् । नेइमारको जन्मदिनको पार्टीमा उपस्थित भएका रोनाल्डोले फ्रान्समै नेइमार विश्वको उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् ।

लिलीविरुद्ध पिएसजीको सजिलो जित, नेइमारले गरे गोल 

काठमाडौँ । फ्रान्सको लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलीविरुद्ध सजिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा रेलिगेसन जोनमा रहेको लिलीबिरुद्ध ३-० गोलको सजिलो जित निकालेको

पिएसजीको जितमा नेइमारको दुई गोल, कभानीले बनाए यस्तो रेकर्ड 

काठमाडौँ । फ्रेन्च लिगमा पिएसजीले सजिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा पिएसजीले मोन्टपिल्लीयरलाई ४-० को जित हासिल गरेको छ ।  पिएसजीको जितमा नेइमारले दुई गोल गरेका छन् भने