• २०८१ बैशाख ११ मंगलबार

गुल्मीको मतगणनास्थलमा सिसी क्यामरा जडान

kharibot

फाइल तस्बिर। 

गुल्मी । गुल्मी जिल्लामा पहिलोपटक मतगणनास्थलमा सिसी क्यामरा जडान गरिएको छ । जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रको मतगणना कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना कक्षमा सिसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले बताएका छन् । 

मुख्य निर्वाचन अधिकृतका अनुसार मुख्य निर्वाचन कार्यालय रहेको भवनको पहिलो तलामा १ नं क्षेत्रअन्तर्गत २ प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको मतगणना हुने भएको छ भने त्यस नजिकै रहेको जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ नं क्षेत्रको मतगणनास्थल बनाइने भएको छ । 

मतगणनास्थल रहेका भवनका दुई वटा द्वारमा सुरक्षा निकायले काँडेतार लगाएर सुरक्षा दिने भएको छ । गुल्मीमा मंसिर २२ गते बिहानदेखि मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै