मोती पुरस्कार ज्ञानु र अनुपलाई

खरीबोट

फाइल तस्विर

काठमाडौँ ।  नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । 

युवावर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार भएको बैठकले साहित्यकारद्वय अधिकारी र रोशीलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले आज जनाएको छ । 

कोषका अनुसार १५२औँ मोती जयन्तीका अवसरमा यही भदौ ५ गते उहाँहरूलाई स्वर्ण पदकसहित पुरस्कार रकम प्रदान गरिनेछ । 

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको पुण्यस्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् । 

सम्बन्धित समाचार

इन्भेष्टमेण्ट बैंकले पायो 'युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल' अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।  प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले बुधबार हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी

विश्वकप उपाधिका लागि फ्रान्स र क्रोसिया भिड्दै, कसले जित्ला ४ अर्ब पुरस्कार राशी ? 

काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र क्रोसिया खेल्ने भएका छन् । विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे हुदै छ ।   दोस्रो सेमिफाइनलमा क्रोसियाले इङल्याण्डलाई पराजित

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट, मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि सुचिमा

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ / पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।  नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार