सिद्धार्थ बैंकको शाखा बट्टार, चरीकोट र बागलुङ्गमा

खरीबोट

काठमाडौं \ सिद्धार्थ बैंकले बुधबार तीन स्थानमा शाखा विस्तार गरेको छ । नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा बैंकले आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७८ अर्ब ४६ करोड र कर्जा लगानी रु. ७१ अर्ब ७८ करोड गरेको छ  । सोहि अवधीमा बैंक रु. ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ ।

सम्बन्धित समाचार

सिद्धार्थ बैंकको शाखा लालबन्दीमा

काठमाडौं । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा  बैंकले आज आईतबार सर्लाहीको लालबन्दी नगरपालिकामा

सिद्धार्थ बैंकको आजबाट ६८ करोड २६ लाखको हकप्रद बजारमा

काठमाडौं । सिद्धार्थ बैंकले आज बुुधबारबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो

सिद्धार्थ बैंकको चार नयाँ शाखा र गठ्ठाघर शाखाको स्थानान्तरण

काठमाडौँ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले २०७४     माघ

सिद्धार्थ बैंकको भाइबर बैंकिङ्ग सेवा प्रारम्भ 

काठमाडौँ  । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे